प्रेमिकाको हत्या गरेर प्रहरीसमक्ष आत्मसमर्पण
बाँके | साउन १०, २०८२
सांकेतिक तस्वीर
बाँके: नेपालगञ्जमा एक युवकले प्रेमिकाको हत्या गरेका छन्।
दैलेख घर भई नेपालगन्जको बीपीचोकस्थित सुनाखरी रेस्टुरेन्टमा कार्यरत २२ वर्षीया निर्मला थापाको हत्या भएको हो।
बेलासपुरस्थित कोठामा सलले घाँटी कसेर उनको हत्या भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।
युवती हत्या आरोपमा बर्दिया घर भई नेपालगन्जस्थित स्वस्तिक कटेजमा क्याप्टेनको रूपमा कार्यरत ३५ वर्षीय प्रकाश सुनारलाई प्रहरीले पक्राउ गरेको छ।
बुधबार राति हत्या गरी प्रकाशले निर्मलाको बहिनीलाई फोन गरेर हत्याको जानकारी दिएका प्रहरीले जनाएको छ।
निर्मलाको हत्यापछि राति २ बजे उनी आफैँ जिल्ला प्रहरी कार्यालय बाँके पुगेर आफूले प्रेमिकाको हत्या गरेको जानकारी गराएका थिए।
प्रकाश विवाहित रहेको प्रहरीले जनाएको छ। उनका श्रीमती, एक छोरा र एक छोरी बर्दियामै बस्दै आएका छन्।
प्रकाश र निर्मला विगत तीन वर्षदेखि नेपालगन्ज १२ बेलासपुरमा सँगै बस्दै आएका खुलेको छ। हत्याको कारण खुलेको छैन। घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
सूर्यतारा क्लब पोखराको आयोजनामा ‘तेस्रो सूर्यतारा खेल महोत्सव २०८२’ शुक्रबारबाट सुरु भएको छ । महोत्सवको शुक्रबार एक कार्यक्रमकाबीचमा प्रदेश खेलकुद परिषद गण्डकीका स...
पोखरा: कास्कीको माछापुच्छ्रे गाउँपालिका ८ स्थित पर्यटकीय गाउँ ल्वाङ्गमा ३२ औं ऐतिहासिक चैते दशैं मेला जारी छ । ग्रीन हिल क्लबको आयोजनामा विविध कार्यक्रम मध्ये महिला भलिबल प्रतियोगितामा एलिट भलिबल एकेडेमील...
काठमाडौंः प्रतिनिधिसभाको उपसभामुख पदमा श्रम संस्कृति पार्टीकी रुबीकुमारी ठाकुर निर्वाचित हुनुभएको छ । सभाको आजको बैठकमा प्रस्तावक र समर्थकहरूको छलफलपछि भएको मतदानमा ठाकुर अत्यधिक मतसहित नि...

